च्याम्पियन्स लिगबाट बलियो क्लब बार्सिलोना बाहिरियो, क्वाटरफाइनलमा पीएसजी 

Photo : SBSsports
Photo : SBSsports

च्याम्पियन्स लिग फुटबलमा पीएसजीसँग बार्सिलोना १-१ को बराबरीमा रोकिएको छ। 

बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले पेनाल्टीमार्फत एक गोल गरेका थिए। उक्त गोल सँगै पीएसजीले अग्रता लिएको थियो। 

समग्रमा ५-२ गोलको अन्तरले पराजित हुदै बार्सिलोना लिगबाट  बाहिरिएको छ।  पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अपेक्षा गरिएको ब्लब बार्सिलोना क्वाटरफाइनलमा पुग्न नसक्दा बार्सिलोनाका प्रशंंसकहरुले सहानुभुतीमै चित्त बुझाएका छन्। 

प्रकाशित मिति: : 2021-03-11 07:21:00

प्रतिकृया दिनुहोस्