म्यान्मार कू: सेनालाई शक्तिशाली बनाउने रहस्यमय व्यापार साम्राज्य

बिबिसी

काठमाडाैं

हालैको कूको नाइके म्यान्मारको सेनालाई राष्ट्रिय बजेटको ठूलो हिस्सा प्राप्त हुन्छ। तर सैन्य फौजले त्यसका अतिरिक्त उसको फैलँदो व्यापार साम्राज्यबाट पनि विशाल र गोप्य आम्दानी प्राप्त गर्छ।

याङ्गोनको लोकप्रिय इन्डोर स्काइडाइभिङ केन्द्रमा आगन्तुकहरूले विमानबाट खुला आकाशमा हाम फालेको जस्तो रोमाञ्चक अनुभव सुरक्षित रूपमा एक किसिमको ठाडो सुरुङमा प्राप्त गर्न सक्छन्।

तर यो अनुभव गर्नेमध्ये थोरै मानिसलाई मात्र थाहा हुनसक्छ कि यो संरचना सेनाद्वारा सञ्चालित विशाल व्यापार साम्राज्यको एउटा हिस्सा हो जुन अहिले त्यहाँको राष्ट्रिय जीवनको अभिन्न पाटो भइसक्यो।

आलोचकहरू भन्छन् यस्तै नाफाजनक सञ्जालकै कारण म्यान्मारमा सैनिकाले कू गर्न सम्भव भएको हो।

गैरसैनिक व्यापारमा लागेकाहरू एक किसिमको 'माफियातन्त्र' को कुरा गर्छन् भने अभियानकर्मीहरू 'सेनालाई ब्यारेक फिर्ता' पठाएपछि मात्र प्रजातान्त्रिक सुधारहरू हुन सक्ने ठान्छन्।

प्रकाशित मिति: : 2021-03-11 12:24:00

प्रतिकृया दिनुहोस्