कोभिड-१९ ले नेपालको विद्यालय शिक्षामा के प्रभाव पार्‍यो? के  सिकायो? 

हिमाल खबर

काठमाडाैं

सन्जिला मोक्तान 

 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोनाभाइरस संक्रमण (कोभिड-१९) सन् २०२० मा विश्वभरि नै महामारीको रुपमा फैलियो। एक व्यक्तिबाट अर्कोमा चाँडै सर्ने यो रोगको औषधोपचार पत्ता लागिनसकेको अवस्थामा संक्रमण फैलिन नदिन हात धुन र मास्कको प्रयोगमा जोड दिइयो।

त्यसबाहेक, भाइरसको संक्रमण नफैलियोस् भनेर मानिसहरूको हिँडडुल नियन्त्रण गर्न नेपालसहित विश्वका धेरै मुलुकले बन्दाबन्दी (लकडाउन) विधि अपनाए। महामारीबाट निकै प्रभावितदेखि भर्खरै संक्रमण देखिन थालेका अधिकांश देशहरूले मानिसको भीडभाड हुने सबै क्षेत्र बन्द गर्ने क्रममा शिक्षण संस्था, धार्मिक क्षेत्र, उद्योग-कलकारखानादेखि सामाजिक-सांस्कृतिक गतिविधिहरू गर्न रोक लगाइयो। जसका कारण शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो। 

कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावका विभिन्न आयामबारे नेपाली सार्वजनिक वृत्तमा थुप्रै छलफल र बहस भएका छन्। कोरोना महामारी र विद्यालय शिक्षाबारे विभिन्न छापा र अनलाइन माध्यममा प्रकाशित सामग्री बटुलेर ६०० भन्दा बढी शीर्षक समावेश गरी मार्टिन चौतारीले ७१ पेजको एउटा सन्दर्भ सामग्री तयार पारेको छ। त्यसैबाट महत्त्वपूर्ण सामग्री बटुलेर १५ पेजको अध्ययन सामग्री समेत बनाइएको छ। त्यही अध्ययन सामग्रीको आधारमा तयार पारिएको यो लेख विद्यालय शिक्षामा कोभिड-१९ को प्रभावबारे नेपाली सञ्चार माध्यमको प्रस्तुति कस्तो रह्यो, सार्वजनिक वृत्तमा यसबारे के कस्ता बहस भए र समग्रमा विद्यालय शिक्षामा परेको प्रभावको विभिन्न पक्षबारे केन्द्रित छ। 
 

 

प्रकाशित मिति: : 2021-03-12 11:36:00

प्रतिकृया दिनुहोस्