नेकपा एकता : माओवादीलाई धक्का !

रातोपाटी

काठमाडौँ

झण्डै ३ वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मान्यता नपाएपछि मुलुकको राजनीतिक समीकरण तरल बनेको छ।

फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले मान्यता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ अघिको अवस्थामा फर्केका छन्। योसँगै नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ भने माओवादी केन्द्रको स्थायी समिति बैठक बसिसकेको छ।

माओवादी केन्द्रको मंगलबार र बुधबार बसेको स्थायी समिति बैठकले आगामी चैत १ गते केन्द्रीय समिति बैठक बोलाउने र २ गते कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ। त्यस्तै संगठनका काम गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ। उक्त कार्यदलको प्रतिवेदनका आधारमा उसले अब माओवादीको संगठनलाई विस्तार गर्ने जनाएको छ।

 

प्रकाशित मिति: : 2021-03-12 21:17:00

प्रतिकृया दिनुहोस्