रेशम चौधरीको मुद्दा : फिर्ता लिन मिल्दैन, माफी दिँदा सांसद पद रहँदैन

नेपाल लाइभ

काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार साँझ बालुवाटार गए। अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यका लागि छलफल गर्न उनीहरु बालुवाटार पसेका थिए। 

महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका जसपा नेताहरुले प्रधानमन्त्रीसमक्ष तीनबुँदे प्रस्ताव अघि सारे। उनीहरुले कैलालीको टीकापुरमा साढे पाँच वर्ष पहिले भएको हत्याकाण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय तोकिएर  थुनामा रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने  विषय पहिलो नम्वर बुँदामा समेटेका थिए।

संविधान संशोधन र मधेश आन्दोलनसँग जोडिएका मागहरु समेत अघि सारेर उनीहरुले सत्ता सहकार्यका लागि पहिले ती माग पूरा हुनुपर्ने आफ्नो बटमलाइन भएको बताएका थिए।

प्रकाशित मिति: : 2021-03-13 08:29:00

प्रतिकृया दिनुहोस्