टिपर आतंकःझापामा मोटरसाईकल चालकको मृत्यु

झापाको कमल गाउँपालिकामा टिपरले मोटरसाईकललाई ठक्करदिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा शिबसताक्षी नगरपालिका वडा नम्बर ४ डाँडागाउँका २० वर्षीय सरोज कार्की रहेका छन्। निर्माण सामग्री लिएर हुलाकी राजमार्ग तर्फ झर्दै गरेको ना १ क ६१६५ नम्बरको टिपरले  मे १ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

मोटरसाईकलमा सवार कार्कीलाई कमल-२ को क्याम्पा बजार तर्फ जादै गर्दा ट्रिपरले ठक्कर दिएपछि  घाइते भएका थिए।चालकले पुनः ट्रिपर अगाडी बढाएर कार्कीलाई मारेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

चालकले मादक पदार्थ सेवन गरि सवारी चलाएको स्थानीयको भनाई छ । 

प्रकाशित मिति: : 2021-03-13 15:02:00

प्रतिकृया दिनुहोस्