क्याप्टेन विजय लामाको जीवन : 'क्विक डिसिजन'ले म धेरै पटक जोगिएको छु

रातोपाटी

काठमाडौं

विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइन्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयरलाइन्सका बिमान उडाउँछन् । साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् ।

विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्मबाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभिनय यात्रा अहिले पनि जारी छ ।  उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् ।

गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् ।

आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले कोरोना समयमा जोखिम मोलेर विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए । विमान उडानका क्रममा थुप्रै पटक जोखिमको सामना गरेका लामा आफूमा रहेको ‘क्विक डिसिजन’ क्षमताले धेरै पटक जोगिन सफल भएको बताउँछन् । 

प्रकाशित मिति: : 2021-03-13 17:29:00

प्रतिकृया दिनुहोस्