‘राधे'को प्रदर्शन मिती सार्वजनिक, सलमान खान र दिशा पटानी पहिलो पटक सँगै देखिदै

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित मानिएको चलचित्र ‘राधेः योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते रिलिज हुने भएको छ।

सलमान खानको मुख्य भूमिका रहेको चलचित्रलाई मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसर पारेर प्रदर्शन गर्न लागिएको हो।

सलमानले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका छन्। चलचित्रमा सलमानसँगै दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2021-03-14 08:02:00

प्रतिकृया दिनुहोस्