यातायात व्यवसायी संघले किन नयाँ ट्याक्सी दर्ता गर्दैन ? (भिडियो)

Breaknlinks
Breaknlinks

सर्वसाधारण चढ्ने सार्वजनिक यातायात नै राम्रो नभएपछि कहाँबाट नेपाली जनतालाई सुख हुन्छ त?

केहीँकतै बिरामी भइहाले पनि भनिएको बेला टयाक्सी पाइँदैन। यदि पायो भने पनि बस्ने सिट गतिला हुदैँन। बस्दा पनि कपडा च्यातिने। 

४० वर्ष पुराना टयाक्सी चलाउँछन्। बस्ने ठाउँ राम्रा हुदैँन। ठयाक्कै सलाइको बट्टा जस्तो टयाक्सी।

मिटरमा टयाक्सी गुडन् मान्दैँनन्। पैसा मात्र बढी लिन्छन्। टयाक्सीको ढोका खोल्दैमा पैसा लिने गर्छन् तर त्यो गल्ती टयाक्सी चलाउने डाइभरको नभई यातायात व्यवसायी संघको हो।

यातायात व्यवसायीले न नयाँटयाक्सी दर्ता गर्छ्, न त भएको टयाक्सीलाई राम्रो ढगंले व्यवस्था नै गर्छ। यातायात व्यवसायीले     राज्य र नेपाली जनतालाई ठगेको छ।

यसले नयाँ टयाक्सी दर्ता गर्न नदिएर धेरैलाई बेरोजगार बनाएको छ। कसैले पैसा तिरेर टयाक्सी किन्न खोज्छ भने पनि त्यस कामलाई रोकेको छ।

यातायात व्यवसायीले किन नयाँ टयाक्सी दर्ता गर्न दिदैँन ? के व्यवसायलाई घाटा लाग्छ, भनेर हो ?

काठमाडौं बाहिर टयाक्सी जाँदैनन् किनकि त्यस्तो व्यवस्था मिलाएको पनि छैन। के काठमाडौं बस्नेलाई मात्र टयाक्सीको आवश्यकता पर्छ? बाहिर जिल्लामा यसको अभाव छैन र?

काठमाडौंमा बस्ने मान्छे बिरामी हुँदा अस्पताल लैजान टयाक्सी चाहिने अनि बाहिर जिल्लाका मान्छे चाहिँ बिरामी हुँदा बेवास्ता नगर्ने ? यातायात विभागले जनताका बारेमा सोच्नुपर्ने होइन र?

प्रकाशित मिति: : 2021-03-14 18:15:00

प्रतिकृया दिनुहोस्