सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो

सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो।

उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान  गरेको हो।

टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक   छन्।

सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्न कार्यक्रम छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई  पर्वतारोहणमा सफलताको शुभकामना दिए। 
उक्त टोली नेपालमा ८० दिन रहनेछ।

टोलीले गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोभिड–१९ विरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनका खोप सहयोगस्वरुप प्राप्त गर्ने भएको छ।

प्रकाशित मिति: : 2021-03-15 17:51:00

प्रतिकृया दिनुहोस्