ब्रिटेन प्रधानमन्त्री जोनसनले भारत भ्रमण गर्ने

REUTERS
REUTERS

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले आगामी अप्रिलमा भारत भ्रमण गर्ने भएका छन्।

ब्रिटेन यूरोपियन यूनियनबाट बाहिरियपछि प्रधानमन्त्री जोनसनको भारत पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ।

इन्डो–प्यापसिफिक क्षेत्रमा ब्रिटेनको प्रभाव विस्तार उदेश्यले भारत गर्ने बताइएको छ। यद्यपि, जुनमा हुने जी–सेभेन शिखर सम्मेलनको पूर्व तयारीमा रुपमा समेत बुझिएको छ।  

प्रजातान्त्रिक राष्ट्रहरूको एकतामार्फत चीनलाई घेर्ने रणनीति तय गर्ने जोनसन मनसाय रहेको भारतीय मिडियामा उल्लेख छ। जोनसनले गत जनवरीमा भ्रमण गर्ने योजना बनाएपनि कोरोना महामारीले सम्भव नभएको प्रधानमन्त्री कार्यालयले बताएको छ।

भ्रमणका क्रममा आगामी वर्षका लागि ब्रिटेन नीति अनुसार एकिकृत समीक्षाको रुपमा हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताइएको छ। प्रधानमन्त्री जोनसन र भारतीय समकक्षी नरेन्द्र मोदीबीच व्यापार सम्झौताका बिषयमा समेत कुराकानी हुनेछ। 

प्रकाशित मिति: : 2021-03-16 09:32:00

प्रतिकृया दिनुहोस्