तानाशाही किम जोंग–उनकी बहिनीको अमेरिकालाई चेतावनी

उत्तर कोरियाली तानाशाही नेता किम जोंग–उनकी बहिनी किम यो जोंगले अमेरिकालाई चेतावनी दिएकी छन्।

अमेरिकी अधिकारीहरू दक्षिण कोरियाको राजधानी सियोल पुगेको समयमा किम जोंग उनकी बहिनीले अमेरिकालाई बारुदको धुँवा फैलाउने कोशिश बन्द गर्न आग्रह गरिन्।

अमेरिकी विदेश मन्त्रीको दक्षिण कोरिया र जापान यात्रापूर्व उनले भनिन्– 'समुद्र पारिबाट बारुदको गन्ध फैलाउन कोशिश गरिरहेको अमेरिकालाई सुझावस् आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने दुर्गन्ध फैलाउने कार्य रोक्नु ठिक।'

रोडोङ सिन्मून पत्रिका अनुसार उनले दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यासको आलोचना गरेकी छन्। 

अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो कार्यकालमा लागू हुने कोरियाली नीति सार्वजनिक गर्ने चर्चासँगै किम यो जोंगको भनाईलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

प्रकाशित मिति: : 2021-03-16 14:09:00

प्रतिकृया दिनुहोस्