भारतीय प्रधानमन्त्री मोदीका मुख्य सल्लाहकार सिन्हाले दिए राजीनामा 

Photo - outlook
Photo - outlook

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार पीके सिन्हाले पदबाट राजीमाना दिएका छन्।

प्रधानमन्त्री कार्यालयले मुख्य सल्लाहकार सिन्हाले सोमबार राजीनामा दिएको पुष्टि गरेको छ।

नृपेन्द्र मिश्राको राजीनामालगतै २०१९ ताका पूर्वमन्त्रिपरिषद् सचिव सिन्हाले मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए।

उच्च स्रोतका अनुसार, राजीनामाको हल्ला एकाएक आज मात्रै बाहिर आए पनि उनले मंगलबार नै जिम्मेवारी छाडेका हुन्।

सिन्हाले मुख्य सल्लाहकारबाट किन राजीनामा दिए भन्ने कारण चाहिँ खुलाइएको छैन।

प्रकाशित मिति: : 2021-03-16 16:50:00

प्रतिकृया दिनुहोस्