भाजपा नेता शर्माको दिल्लीमा शंकास्पद मृत्यु

Photo - Tv9Hindi
Photo - Tv9Hindi

भारतीय जनता पार्टीका नेता रामस्वरुप शर्माको शंकास्पद मृत्यु भएको छ।

दिल्लीस्थित निजी निवासमा उनी झुन्डिएको अवस्थामा फेला परेको दिल्ली प्रहरीले जनाएको छ।

शर्मा हिमाचल प्रदेशको मन्डी जिल्लाबाट निर्वाचित सांसद हुन्।

उनले मन्डी निर्वाचन क्षेत्रबाट ऐतिहासिक जित हासिल गरेको भाजपा हिमाचलले जनाएको छ।

शर्माको शंकास्पद मृत्युपछि दिल्ली अपराध शाखाले अनुसन्धानलाई तीब्र बनाएको छ। उनी राममनोहर लोहिया अस्पताल नजिकै गोमती अपार्टमेन्टमा बस्दै आएका थिए।

सहयोगीले पटकपटक बोलाउँदा पनि नबोलेपछि दिल्ली प्रहरीलाई सम्पर्क गरेका थिए।

लगतै प्रहरीले ढोका तोडेर प्रवेश गरेको र उनी झुन्डिएको अवस्थामा फेला परे।

उनको मृत्युपछि भाजपा पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन्।



कोरोना संक्रमित भाजपा नेता गान्धीको निधन

प्रकाशित मिति: : 2021-03-17 11:55:00

प्रतिकृया दिनुहोस्