यूपीको चारवर्षे योगी राज, 'इन्काउन्टर' मा मारिए १३५ गुन्डा 

DeccanHerald
DeccanHerald

मुख्यमन्त्री योगी आदित्य नाथ नेतृत्वको उत्तर–प्रदेश सरकार अपराध कार्यमा संलग्नहरूका लागि कठोर बन्दै गएको छ। योगीको चारवर्षे कार्यकालमा 'प्रहरी इन्काउन्टर'मा १३५ व्यक्ति मारिइसकेका छन्।

प्रहरीसँगको मुठभेडमा तीन हजारभन्दा बढी घाइतेको भइसकेको यूपी प्रहरीले जनाएको छ। उनीहरूसँग जवाफी कारबाहीमा भिड्दा १३ सुरक्षकर्मी मारिएका छन्। 

यूपी सरकारले पछिल्लो चार वर्षमा राज्यको कानून पालनामा अभूतपूर्व सुधार आएको दाबी गरेको छ। उत्तर–प्रदेशमा 'प्रहरी इन्काउन्टर'को डरले अपराधमा संलग्न व्यक्ति भागाभाग गरिरहेका छन्।  

भारतीय जनता पार्टी यूपी अध्यक्ष स्वतन्त्रदेव सिंहले योगी सरकारमा आएपछि सडकमा भेटिने गुन्डाहरू जेलमा गएको बताएका छन्। सिंहले भने, 'माफियाहरूको अवैध सम्पत्तिमा बुलडोजर चलिरहेको छ। गुण्डा र माफियाहरू कि जेल जान्छन् कि राज्यबाट भाग्छन्।' राज्यमा कानूनी राज चलिरहेको उनको दाबी छ।

मुठभेडमा कयौं निर्दोष मानिस मारिएको भन्दै यूपी सरकार र मुख्यमन्त्री योगीको विपक्षी पार्टीले बेलाबेला आलोचना गर्ने गरेका छन्। तर, मुख्यमन्त्री योगी आफ्नो कार्यकालमा निर्दोष व्यक्ति इन्काउन्टरमा नमारिएको बताउँछन्।



म्यान्मार सैन्य 'कू':  मंगलबारसम्म कम्तीमा १९३ प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति: : 2021-03-17 13:44:00

प्रतिकृया दिनुहोस्