अभिषेकको घुमाउरो कुरा- 'म कहिल्यै श्रीमतीसँग प्रतिस्पर्धा गर्दिन' 

Photo : NDTV
Photo : NDTV

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन बलिउडमा परिचित जोडी हुन्।

उनीहरुले एक अर्काको लागि अडान लिन खासै हिचकिचाउँदैनन्। तर पनि कहिलेकाँही उनीहरुको सम्बन्धमा दरारता आउन खोजेको समाचार सुनिन्छ।

त्यसो त चर्चाको तुलनामा अभिषेकभन्दा ऐश्वर्याको बढि हुने गर्छ। अभिषेकको प्रशंसकहरु भन्दा ऐश्वर्याको प्रशंसकहरु थुप्रै छन्। 

हालै उनले दिएको एक अन्र्तवार्तामा ऐश्वर्यामाथिको आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'म कहिल्यै श्रीमतीसँग प्रतिस्पर्धा गर्दिन।' साथै उनले ऐश्वर्यालाई फिल्म जगतको 'सर्वश्रेष्ठ तारा'को संज्ञासमेत दिएका छन्।  

उनले थपेका छन्, 'ऐश्वर्याको कामले उसको बारेमा सबै कुरा बताउँछ। मैले उ सँग कुनै प्रतिस्पर्धा गर्नुपर्दैन। मैले सधै आफैसँग प्रतिस्पर्धा गर्छु।' 

प्रकाशित मिति: : 2021-03-17 16:52:00

प्रतिकृया दिनुहोस्