पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ तथा कांग्रेस नेता अशोक कोइरालाको निधन

File photo
File photo

नेपाली कांग्रेस मोरङका पूर्व सभापति, संविधानसभा सदस्य तथा विराटनगरका पूर्व मेयर अशोक कोइरालाको बुधबार राती निधन भएको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा उनको बुधबार राती १ बजे निधन भएको हो। उनलाई अस्वस्थ्य भएर बुधबार बिहान मात्रै अस्पताल भर्ना गरिएको थियो।

उनी नेपाली कांग्रेसको पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ हुन्। त्यस्तै उनी सुशिल कोइराला फाउण्डेसन मोरङका सल्लाहकारसमेत थिए। 

नेपाली राजनीतिमा कोइराला परिवारले दिएको योगदानमा अशोक कोइरालाको योगदान उल्लेखनीय रहेको पाईन्छ। 

प्रकाशित मिति: : 2021-03-18 07:41:00

प्रतिकृया दिनुहोस्