एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरिएकोे छ।
एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो।
लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले उनीहरुको नाम सिफारिस गरेको हो।बढुवाका लागि सिफरिस भएका सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन्।