विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्ली

File Photo
File Photo

भारतीय राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित रहेको वल्र्ड एयर क्वालिटीले भर्खरै गरेको अध्ययनमा उल्लेख छ।

दिल्लीमा बढ्दो वायुप्रदूषणले यहाँ बसोबास गर्ने मानिस हैरानीमा पर्ने गरेका छन्। आईक्यू एयरले सार्वजनिक गरेको अनुसन्धानका क्रममा दिल्लीसँगै विश्वका ३३ मध्ये २२ प्रदूषित शहर भारतमा पर्छन्।

राजधानीमा दिल्ली भएतापनि शहरहरूको तुलनामा चीनको शेनझेन शहर सबैभन्दा प्रदूषित रहेको छ। आईक्यू एयरले सार्वजनिक गरेको अनुसन्धानमा शीर्ष १० शहर मध्ये ९ भारतमा पर्छन्।

शेनझेनपछि दोस्रो स्थानमा भारतको गाजियावाद शहर प्रदूषित मानिन्छ।

भारतमा पर्ने शीर्ष शहरहरू बुन्लदशहर, बिसरख जलालपुर, नोएडा, ठूलाे नोएडा, कानपुर, लखनऊ र भिवान्डी हुन्।

प्रदूषणका हिसाबले विश्वका ५० शहर मध्ये चीन, भारत, पाकिस्तान र बंग्लादेशमा मात्रै ४९ रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१९ भन्दा यसपटक दिल्लीको हावाको गुणस्तर बृद्धि भएको तथ्याङ्कले देखाएको छ। अघिल्लो वर्षको तुलनामा सुधार भएपनि विश्वका राजधानी मध्ये दिल्ली पहिलो छ।

प्रकाशित मिति: : 2021-03-26 19:39:00

प्रतिकृया दिनुहोस्