रेशम चौधरी जसपा नेपालका लागि सत्तामा जाने भर्‍याङमात्र !

रातोपाटी

काठमाडाैं

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सत्ता साझेदारीका लागि रेशम चौधरीको रिहाइलाई सर्त बनाए पनि पार्टीभित्रको किचलोका कारण अन्योल बढ्न थालेको छ । टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी हाल जेलमा छन् । सत्ता समीकरणमा निर्णयक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेको जसपा नेपालले चौधरीको रिहाइलाई वार्ताको बटमलाइन नै बनाएको छ । तर बिहीबार पार्टीमा भएको छलफलले अब केहीदिन उनको रिहाइको सम्भावना टरेको बताइन्छ ।

सत्ता साझेदारीका लागि नेकपा एमालेलाई रोज्ने कि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसलाई रोज्ने भन्ने विवादले रेशम चौधरीको रिहाइको मुद्दा ओझेलमा परेको छ । रेशम चौधरीको रिहाइका लागि जसपाले गठन गरेको वार्ता समितिका सदस्यसमेत रहेका पार्टी कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले विगतको तुलनामा प्रधानमन्त्री केपी शर्मा ओली यसपटक सकारात्मक रहेको र मागहरु पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

रेशम चौधरीको रिहाइका लागि के के कानुनी प्रावधान छ, त्यसको बारेमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘मलाई विश्वास छ उहाँलाई छाडिने छ, वार्ता अझै जारी छ, चाँडै नै यो विषय टुङ्गिन्छ ।’ सरकारको तर्फबाट रेशम चौधरीलाई रिहा गर्ने प्रकृया सुरु भइरहेको उनले बताए ।

प्रकाशित मिति: : 2021-03-19 17:26:00

प्रतिकृया दिनुहोस्