बेहाल सञ्चारकर्मी

देशसञ्चार

काठमाडौँ

कोभिड–१९ महामारीले विगत १४ महिनामा विश्वकै सामान्य जीवन र स्वभाविकरुपमा अर्थतन्त्रलाई ध्वस्त पारेको छ। नेपाल अपवाद हुने कुरै भएन। सामाजिक जीवन, नेपाली अर्थतन्त्र र आयश्रोतको महत्वपूर्ण अंश आतिथ्य र पर्यटन उद्योग आदिलाई समेत नराम्रोसँग गाजेको छ महामारीले। कतिपय उद्यमीहरु यो प्रतिकूल परिस्थितिलाई कसरी क्रमश अनुकुलतामा बदल्ने भन्ने प्रयासमा लागेका छन्।

यी सबै केही नकारात्मक, केही आशा र केही सफलताका तथ्यगत समाचार पस्कने सञ्चार जगतकै समाचार निराशाले भरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकका २८ जना पत्रकारहरुले संस्थाबाट सामूहिक राजीनामा दिएका छन्, या लिइएको छ। पत्रकारितालाई पेशाका रुपमा अंगालेको यो ठूलो समूहलाई अनिश्चित भविष्यको यात्रामा कदम वढाउन विवश बनाइएको छ।

निश्चय पनि कोभिड–१९ ले सञ्चार माध्यमलाई त्यत्तिकै प्रभावित गरेको छ, जति अन्य उद्योग र व्यवसायलाई। तर त्यो प्रतिकूल परिस्थितिमा पनि सञ्चार जगतले निष्पक्ष र समग्र सूचना आम जनमानसबीच प्रवाह गर्ने अपेक्षा गरिन्छ। त्यत्तिमात्र हैन, ऊ बढी सचेत, बढी जिम्मेवार र बढी सक्रिय हुने अपेक्षा हुन्छ। कान्तिपुर प्रकाशनले महामारीका प्रारम्भमा आफ्ना मुख्य दुई दैनिकका प्रकाशन केही दिन स्थगित गरेपनि सम्भवत आफ्नो दायित्व स्मरण गर्दै तिनको प्रकाशन सुरु गर्‍यो।

प्रकाशित मिति: : 2021-03-19 21:54:00

प्रतिकृया दिनुहोस्