कोभिड लकडाउनको एक वर्ष: सवा तीन खर्ब रुपैयाँको क्षति, पुनरुत्थानलाई साढे छ खर्ब आवश्यक

बिबिसी

काठमाडौं

गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरिएपछि नेपालीहरूले चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारी आफ्नै दैलोमा आइपुगेको अनुभूति गरे।

यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस सङ्क्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गयो।

जनस्वास्थ्यका अतिरिक्त महामारीले सबभन्दा धेरै प्रभाव जनजीविकामा पार्‍यो।

लकडाउन सुरु भएको एक वर्षमा नेपालमा के कस्तो असर देखियो त?

वृद्धिदरमा धक्का, गरिबी बढ्यो

पछिल्ला केही वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर लगातार झन्डै सात प्रतिशतको हाराहारीमा उक्लिरहेको थियो।

अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो।

प्रकाशित मिति: : 2021-03-24 15:43:00

प्रतिकृया दिनुहोस्