इजरायल र दुबईबाट गाँसिएको शरिन र देवीको माया

सेतोपाटी

काठमाडौँ

शरिन ख्युङ्वा तामाङ फागुन १० गते धरानबाट हुर्रिएर काठमाडौं आइन् र सिधै त्रिभुवन विमानस्थलतर्फ लागिन्।उनको मुटुमा धेरैथरि सवालले उधूम मच्चाउँदै थियो- म कहाँ जाँदैछु? कसलाई भेट्न जाँदैछु?

मुटुले धड्कनकै गतिमा जवाफ फर्कायो- म आफ्नी प्रेमिका भेट्न जाँदैछु।

४८ वर्षकी शरिन आफ्नी प्रेमिका देवी कार्कीलाई पहिलोपटक भेट्दै थिइन्। धुलिखेलकी ३९ वर्षीया देवी दुबईमा ब्युटिसियन काम गर्छिन्, विदामा नेपाल आउँदै थिइन्।

शरिनको स्थायी घर सर्लाही हो। उनको र देवीको चिनजान भएको दुई वर्ष भयो। भेट्ने मौका भने पाएका थिएनन्। फोन र ल्यापटप क्यामराको लेन्सबाट माया साटिरहेका उनीहरू एकअर्कालाई आँखैले हेर्न चाहन्थे।

प्रकाशित मिति: : 2021-03-24 20:04:00

प्रतिकृया दिनुहोस्