देशका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको तयारी

खानी तथा भूगर्भ विभागले विभिन्न स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

दैलेखबाहेकका स्थानमा अन्वेषण गर्न बोलपत्र आह्वान गरिँदैछ। जसको लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।

वैशाखभित्र बोलपत्र आह्वान गर्ने आयोजनाको तयारी छ। पश्चिममा धनगढीबाट पूर्वमा विराटनगरसम्म अन्वेषण गरिने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-25 06:16:00

प्रतिकृया दिनुहोस्