पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८९१ जनामा पीसीआर गर्दा १२० जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ८५ रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार २७२ पुगेको मन्त्रालयले जनाएको छ।