ओमानका लागि नेपाली राजदूत र ओमानी राजपरिवारका सदस्यबीच भेटवार्ता

ओमानका लागि राजदूत सर्मिला पराजुली ढकाल र ओमानस्थीत सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति तथा ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग शिष्ट्राचार भेटवार्ता भएको छ। 

भेटवार्तामा उनीहरूबीच नेपाल र ओमानको विश्वविद्यालयहरूबीच सहकार्यका बारेमा छलफल भएको थियो। भेटवार्तामा सहकार्यको शुरूवात कृषि र पर्यटन क्षेत्रका विद्यार्थीहरू आदान-प्रदान गर्नेगरी कार्य अगाडि बढाउने सहमति भएको छ।

 साथै भेटवार्तामा अनुसन्धान तथा प्राज्ञिक विषयहरूमा समेत थप सहकार्यका लागि पनि छलफल भएको थियो। वार्तामा अन्तराष्ट्रिय सहयोग कार्यालयकी उपनिर्देशक फात्मा अल खुजैरी तथा नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाको पनि सहभागिता रहेको थियो। 

प्रकाशित मिति: : 2021-03-26 06:28:00

प्रतिकृया दिनुहोस्