सचिन तेन्दुलकर कोरोना संक्रमित

Photo : IndiaExpress
Photo : IndiaExpress

भारतका पूर्व स्टार क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित हुन पुगेका छन्।

उनले शनिबार आफ्नो सोसल मिडियामार्फत यसको जानकारी दिएका हुन्। उनले घरका अन्य सदस्यको रिपोर्ट नेगेटिभ भएको तर आफ्नो पोजिटिभ आएको बताए। सचिनले लेखेका छन्, ‘म लगातार टेस्ट गरिरहेको थिए। कोरोनाबाट बच्न अन्य सावधानी पनि अपनाएको थिए। मलाई कोरोनाको हल्का लक्षण देखिएको छ।’

उनले आफू होम क्वारेन्टाइनमा बसेको बताए। ‘म चिकित्सकको निर्देशनको पालना गरिरहेको छु’ उनले भनेका छन्। 

सचिन ७-२१ मार्चका बीच रायपुरमा भएको रोड सेफ्टी विश्व शृंखलामा भाग लिएर फर्किएका थिए। उनले प्रतियोगितामा इन्डिया लिजेन्ड्सको कप्तानी गरेका थिए। उनको कप्तानीमा इन्डिया लिजेन्ड्स च्याम्पियन पनि बनेको थियो। प्रतियोगिता अगाडि खेलाडीको कोरोना टेस्ट पनि भएको थियो। 

उनको टिममा हरभजन सिंह र इरफान खान समावेश थिए। सचिनले ४६३ एकदिवसीयमा ४४ दशमलव ०३ को औसतले १८ हजार ४ सय २६ रन बनाएका छन्। उनले २०० टेस्टमा ५३ दशमलव ७९ को औसतले १५ हजार ९ सय २१ रन बनाएका थिए। 

रोड सेफ्टी विश्व शृंखलामा सचिनले ७ खलमा ३८ दशमलव ८३ को औसतले २ सय ३३ रन बनाएका थिए। उनको उत्कृष्ट ६५ रन थियो।

प्रकाशित मिति: : 2021-03-27 13:37:00

प्रतिकृया दिनुहोस्