अन्तरिक्ष पर्यटनः अन्य ग्रहमा मानव बस्तीको अभ्यास

विजय बस्नेत

काठमाडौँ

एक पछि अर्को शुन्दर ठाउँमा घुम्न जाने रहर सबैको हुन्छ।

मानसिकतामा विभिन्न काल्पनिक कुराहरुले खुशीका तरङ्गहरु ल्याउँछन्। जसले जिज्ञासाको नयाँ धरातलपनि बनाउँछ। 

१९औँ  शताब्दी अघि मानिसले कल्पना मात्र गर्ने गर्दथे, अन्तरिक्षमा कसरी जान सकिन्छ? अन्तरिक्ष कस्तो होला? अन्तरिक्षबाट पृथ्वी कस्तो देखिन्छ? लगायतका प्रश्नहरु। जतिबेला विज्ञानले विस्तारै गति लिदै थियो। 

विज्ञान र प्रविधिको विकास बढ्दै गएपछी सुरुमा रकेट मात्र अन्तरिक्षमा पठाईएको थियो। ४ अक्टोबर १९५७ मा पहिलो पटक मानव निर्मित स्याटेलाईट स्पुतनिक-१ (Sputnik-1) अन्तरिक्षमा प्रक्षेपण गरेर रुसले विश्व जगतमा एउटा आयाम खडा गरिदियो। १९५७ कै नोभेम्बर ३ मा स्पुतनिक-२ (Sputnik-2) मा लाइका नामको कुकुरलाई अन्तरिक्षमा पठाईयो। उक्त कुकुर अन्तरिक्षमा पुग्ने धर्तिकै पहिलो जिव बन्यो। तर लाईका अन्तरिक्षमा ६ घण्टा मात्र  बाँच्न सफल भयो। जुन घटनाले अन्तरिक्ष यात्राको कार्यमा केहि असहज अवस्था सिर्जना गर्यो।

धेरै प्रयोगात्मक परिक्षण अघी सारिए। प्रयोगात्मक परिक्षण सफल भएपछी सन १९६१ अप्रिल १२ मा रुसी वैज्ञानिक युरी अलेक्सियेविच गागरिन (Yuri Alekseyevich Gagarin)  सोभियत अन्तरिक्ष संस्थाको वोस्तोक-१ (Vostok-1) बाट अन्तरिक्षमा पाईला टेक्ने धर्तिकै पहिलो मानिस बने। गागरिनको अन्तरिक्ष यात्रा सफल भएपछी विज्ञान जगतमा अन्तरिक्ष खोजको नयाँ अभ्यास सुरु भयो। यदि गागरिनले अन्तरिक्षमा जान हिम्मत नगरेको भए अन्तरिक्ष अझै केही समयसम्म रहस्यमय हुने थियो। तर त्यो सफलतापछि प्रत्येक वर्ष अप्रिल १२ मा मानव अन्तरिक्ष उडानको अन्तराष्ट्रिय दिन (International Day of Human space Flight) भनेर दिवस मनाउने गरिन्छ। सन १९६९ जुलाई २० मा अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङ अपोलो ११ (Apollo 11) बाट चन्द्रमामा पाईला टेक्ने धर्तिकै पहिलो व्यक्ति बने। उनिसँगै अन्य दुईजनापनि उक्त मिसनमा सामेलमा थिए। त्यो मिसनले विज्ञानको सभ्यता विकास गर्नमा ठुलो सहयोग गर्यो। 

पहिले अन्तरिक्षमा वैज्ञानिकहरुलाई मात्र पठाउने गरिन्थ्यो। जतिबेला अन्तरिक्षमा सामान्य मानिसलाई जाने वातावरण बनेको थिएन। गागरिन अन्तरिक्षमा गएको ठिक ४० बर्षपछी अन्तरिक्षको बाटो सजिलो बनाउने प्रयास थालिएको छ। 

अमेरिकी बिजनेस् मेन डेनिस टिटो सोयुुज टीएम-३२ (Soyuz TM-32) मार्फत सन २००१ अप्रिल २८ मा अन्तरिक्षमा सफलपुर्वक पुगे। उनले अन्तरिक्षमा पुग्न करिब २० मिलियन डलरसमेत व्यक्तिगत खर्च गरेका थिए। उनलाई अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (International Space Station EP-1)  का चालक दलका सदस्यले अन्तरिक्षमा पुर्याएका थिए। अन्तरिक्षमा ८ दिन बिताँएर धर्तिमा फर्किसकेपछी उनले अन्तरिक्ष पर्यटन उद्योगको सुरु भईसकेको बताएका थिए। टिटो वाणिज्य अन्तरिक्ष पर्यटक अन्तर्गत अन्तरिक्षमा जाने पहिलो व्यक्ती हुन्।  

हाल अन्तरिक्षमा पर्यटन विकासको लागि विभिन्न प्रयासहरु थालिएका छन्। जसमा ओर्बिटल, सब-ओर्बिटल, चन्द्रमा पर्यटन र मंगल ग्रह पर्यटन पर्दछन्। केही समय पहिले ओर्बिटल पर्यटनको बारेमा रुसको अन्तरिक्ष एजेन्सीले प्रयास थालेको थियो। तर सन २००० देखी नै विभिन्न निजी कम्पनीहरुलेपनि सब ओर्बिटल तथा ओर्बिटल पर्यटन विकासको तयारी थालेका छन्। जसको लागि निजी कम्पनि ब्लु अरिजिन सन २००० मा स्थापना भयोे। स्पेस एक्स सन २००२ मा र भर्जिन ग्यालेक्टिक २००४ मा स्थापना भए। ती सबै कम्पनीले फरक फरक प्रविधि प्रयोग गरेर अन्तरिक्ष यान परिक्षण गरिरहेका छन्। वाणिज्य अन्तरिक्ष पर्यटकद्वारा अन्तरिक्षमा जाने मानिस अहिलेसम्म थोरै छन्। 

सन २००७ बाट अन्तरिक्ष पर्यटन उद्योगले चर्चा पाउन थाल्यो। जसले अन्य ग्रहमा मानिसको भविष्य खोजिरहेको थियो। अहिले अर्थतन्त्रमा यसलाई छुट्टै प्रकारको व्यापार नै मानिएको छ। अमेरिकी अर्बपती एलन मस्कको स्पेस एक्स, जेफ बेजोसको ब्लु अरिजिन र वेलायती अर्बपती रिचर्ड ब्रान्सनको भर्जिन ग्यालेक्टिक जस्ता कम्पनिहरुले अन्तरिक्ष पर्यटन उद्योगमा आफ्नो स्थान बनाइसकेका छन्। अन्य स्पेस एजेन्सिहरु पनि अहिले अन्तरिक्ष पर्यटन उद्योगतिर लागेका छन्। 

अहिले अन्तरिक्षमा पर्यटन पुर्याउने होडबाजी चलिसकेको छ। यदि भविष्यमा अहिँलेको जस्तो जहाजको यात्रा अन्तरिक्षमा सम्भव भयो भने अन्तरिक्ष पर्यटन उद्योगले छुट्टै गति लिनेछ। यसले विश्वको अर्थतन्त्रमा पनि राम्रो सुधार ल्याउँनेछ।   

अन्तरिक्षसम्मको यात्रामा हाल नासाले महङ्गो रकम लिएको भन्दै धेरैले अलोचना गरिरहेका छन्। यस्तो अवस्थामा संस्थाले एलन मस्कको स्पेस एक्स र वोईङ कम्पनीलाई आफ्ना यात्री अन्तरिक्षमा पुर्याउन जिम्मा दिईसकेको छ। सामान्य रुपमा प्रत्येक पर्यटकले अन्तरिक्षसम्म पुग्न २०० मिलियन देखी २५० मिलियन डलर रकम खर्च गर्नुपर्छ। नासाका प्रमुख आर्थिक अधिकृत जेफ डिविटले २०२० देखी अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन लाई व्यापारिक बनाउने निर्णय गरेको बताएका छन्। नासाबाट अन्तरिक्षमा जाने व्यक्तिको लागि ३० दिनको प्याकेज बनाईएको छ। जसमा प्रत्येक दिनको ३५ हजार डलर खर्च हुनेछ। 

अहिलेका सबै स्पेस कम्पनीहरुले आफ्नो प्रविधिलाई अब्बल बानाइरहेका छन्। पछिल्लो समय झन नयाँ नयाँ अन्तरिक्ष यानहरु परिक्षण भईरहेका छन्। स्पेस एक्सले अन्तरिक्षमा ६/७ जना अन्तरिक्ष यात्री पठाएर सन् २०२५ सम्ममा पर्यटकलाई मंगल ग्रहको सतहमा उतार्ने कार्य योजना बनाएको छ। ब्लु अरिजिनलेपनि सन् २०२४ सम्ममा चन्द्रमामा अन्तरिक्ष पर्यटक पठाउने योजना बनाएको छ। 

यस्तै भर्जिन ग्यालेक्टिकले भने अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन ९क्ष्क्क्० सम्ममात्र अन्तरिक्ष पर्यटक पुर्याउने योजना बनाएको छ। यी सबै निजी कम्पनीहरुले नासाको परामर्श लिएर योजना अघि बढाएका हुन्। अहिले सम्म सरकारी कम्पनीहरुले अन्तरिक्षमा पर्यटन उद्योग विकासको लागि खासै पहल गरेका छैनन्। 

अन्तरिक्ष पर्यटन उद्योगले सफलता पायो भने विश्व अर्थतन्त्रनै बलियो हुने अपेक्षा  लिईएको छ।  

प्रकाशित मिति: : 2021-03-27 16:43:00

प्रतिकृया दिनुहोस्