वसन्तोत्सव फागुपूर्णिमा

देशसञ्चार

काठमाडौँ

 डा. वासुदेवकृष्ण शास्त्री

सौर्यमास अनुसार १२ महिना र दुईदुई महिनाका ६ वटा ऋतुहरु हुन्छन् । ती ऋतुहरूमध्ये वसन्त उत्कृष्ट ऋतु मानिन्छ । वसन्तायगृष्मायश्च नमो नमः ।। वसन्तहरुमा हे सर्व श्रेष्ठ ऋतु तपाईलाई नमस्कार छ । त्यसैगरी ग्रिष्म ऋतुलाई नमस्कार छ । वेदमा मधु माधव महिना चैत्र वैशाखलाई भनिएको छ । कहिँ कहिँ फागुन र चैतलाई पनि वसन्त ऋतु भन्दछन् । सूर्य कुम्भ र मीन राशीमा गतिशील हुँदा वसन्त ऋतु बन्दछ । वसन्त ऋतु पुष्प समय अमरकोषका कोषकार अमर बाणाले उपत्यकामा बसेर अमरकोष बनाउन्दै गर्दा मधुमाधव, फल्गु, वसन्तोत्सव, माधवोत्सव, पुष्पोत्सव, पिकानन्द, कान्तः, ऋतुराजः, कामसुख, ऋतु वसन्तः । वसन्त ऋतुमा नै धेरै उत्सवका पर्वहरू पर्दछन् ।

वैदिक काल गणनामा पनि चैत्र शुक्ल प्रतिपदाबाट वर्षारम्भ मानिन्छ । फूलहरु ढकमक फुल्दछन् । सखुवाको फूललाई फल्गु भनिन्छ । सखुवा सबैभन्दा धेरै फुल्ने समय वसन्त ऋतु नै हो । यस ऋतुमा पालुवाहरू निक्लन्छन्, फूल फुल्दछन् उत्साह उमङ्गको विस्तार हुन्छ । आमोद प्रमोद, रंगीविरंगी फूल–पालुवाहरु फक्रन्छन्। नवप्रणय दम्पत्तिको आमोद–प्रमोद, उत्साह उमंग, प्रकृति र पुरुषको समागम, र प्राकृतिक सम्मानका लागि रंग प्रयोग गरेर मनाउने वैदिक पर्व ‘वसन्तोत्सव’ पर्व हो । वसन्ती यत्र उत्सव वसन्तोत्सवः – धर्मशास्त्र । हिमवत् क्षेत्रको पर्व भनेको वसन्तोत्सव, पुष्पोत्सव, फाल्गुन कृष्णपक्ष प्रतिपदादेखि फाल्गुन शुक्लपूर्णिमासम्म मनाइने पुष्पोत्सव यहाँको मौलिक पर्व हो ।

प्रसङ्ग १
अव चर्चा गरौं, उत्सवको । नक्षत्र, काल, गणना, श्रुतिपरम्पराअनुसार ऋग्वेदको काल महर्षि दयानन्द सरस्वतिले ईशापूर्व एक लाख वर्ष पुरानो मानेका छन् । राजा पृथुले पृथ्वीमा कृषिविद्याको विकास गरे । देवगण (पुरुषार्थी विद्वान्)हरूका साथमा (देवास आयन परशुं विभ्रन्… ऋग्वेद– १०।२८।०८) उत्कृष्ट परशु (बन्चरो)द्वारा भूमिमा रहेका रुखबिरुवा, ढुंगा आदिलाई हटाएर खेतीको आरम्भ गरे । वागमती (सरस्वती) नदीको किनारमा खनजोत गरेर ‘कृषिबिधा’को आरम्भ गरे । कृषिविधा नै हिमवत् क्षेत्र नेपालको सर्वप्राचीन परम्परा मानिएको छ ।

प्रकाशित मिति: : 2021-03-27 20:31:00

प्रतिकृया दिनुहोस्