लामो समयको प्रयासपछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको घर घरमा खस्दैछ।
मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा खसालिदैछ।
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी निर्देशनालयले जनाएको छ।
आयोजनाले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिएका छन्।