मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई मातृ शोक परेको छ।
सांसद लिम्बूकी ८३ बर्षीया आमा राममाया लिम्बूको आज बिहान मृत्यु भएको हो।
पित्तथैलीलगायतको समस्याबाट ग्रस्त आमाको उपचारको क्रममा निधन भएको छ।
आमा राममाया २६ दिनदेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारत थिइन्।
मिक्लजुङ–३ स्थित घरमा आमाको शव ल्याइने र दिउँसो २ बजे अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।