जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

Symbolic photo
Symbolic photo

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। 

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो। भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो। तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन। 

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो। जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ।

प्रकाशित मिति: : 2021-03-28 14:47:00

प्रतिकृया दिनुहोस्