चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको खोप काठमाडौं आइपुगेको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट सोमबार बिहान कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन्।