अनुमतिबिनै गोसाइँकुण्ड पुग्छन् हेलिकोप्टर

पर्यटक आकाशमा, स्थानीय व्यवसायी निराश

रातोपाटी

काठमाडौं

पछिल्लो समय काठमाडौँ–गोसाइँकुण्ड हेलिकोप्टर  यात्रा विशेष चर्चामा छ।

चार्टर्ड गरिएको हेलिकोप्टरबाट १५ मिनेट जान, १५ मिनेट आउन। ३० मिनेट घुमघाम गर्न। अनि, नीलकण्ठेश्वर महादेव (गोसाइँकुण्ड) को दर्शन गरेर जम्माजम्मी एकघण्टामै गोसाइँकुण्डको यात्रा सकिन्छ।

पछिल्लो समय धार्मिक पर्यटकहरुलाई बोकेर गोसाइँकुण्ड हानिने हेलिकोप्टर कम्पनीहरुलाई भ्याई–नभ्याई छ। काठमाडौँ–गोसाइँकुण्ड चार्टर फ्लाइट गर्ने ५/६ वटा कम्पनीहरुबीच प्रतिस्पर्धा नै चलेको छ।

सस्तो प्याकेजमा सेवा दिने नाममा हेलिकोप्टर कम्पनीहरुले दिनहुँ ५/७ दर्जन धार्मिक पर्यटकहरु गोसाइँकुण्ड उडाइरहेका छन्। जानकारहरुका अनुसार हेलिकोप्टर कम्पनीले एकजना बराबर १६ हजार ५ सय रुपैयाँमा गोसाइँकुण्ड लैजाने–ल्याउने गरेका छन्।

प्रकाशित मिति: : 2021-03-29 18:03:00

प्रतिकृया दिनुहोस्