सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छाड्दै

Photo : SBSsports
Photo : SBSsports

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले क्लब छाड्ने भएका छन्।

चलिरहेको सिजनको अन्त्यपछि क्लब छाड्ने भएका हुन्।

३२ वर्षीय अग्युरो सिटीका सर्वाधिक गोलकर्ता मानिन्छन्। अग्युरोले सिटीका लागि ३ सय ८४ खेलमा २ सय ५७ गोल गरेका छन्।

 सिटीसँग उनको सम्झौता सकिन लागेकाले उनले क्लब छाड्न लागेको बुझिएको छ। 

प्रकाशित मिति: : 2021-03-30 07:21:00

प्रतिकृया दिनुहोस्