जहाँ १८ वर्षसम्म भारतीय सेनाले अड्डा जमायो

यो त्यही अवशेष हो, जहाँ ७० वर्षअघि भारतीय सेनाका ‘बडेसाप्’ले अड्डा जमाएको थियो।

अठारसय खोलाको उङ्वे, जहाँ २००८ सालमा आएका भारतीय सेना २०२६ सालसम्म यहाँ परेड खेलेका थिए। यो हालको चुमनुब्री गाउँपालिका वडा नं. ३ मा पर्छ।

दुई सय ५० जनाको भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो। उनीहरु आउने चाँजोपाँजो तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले मिलाएका थिए। सैन्य डफ्फाको नेतृत्व मेजर जनरल वाइएस पारान्जपेले गरेका थिए।

नेपाली सेनालाई एक वर्षभित्र तालिमप्राप्त, दक्ष र व्यवस्थित गराउने बहानामा भित्र्याइएको भारतीय सैनिकको सो टोलीलाई ‘इन्डियन मिलिटरी मिसन’ नामाकरण गरिएको थियो। भारतीय सेना आउने बारे २००८, फागुन ९ गते सार्वजनिक सूचना प्रकाशन गरी सरकारले आम जनमानसलाई जानकारी गराएको थियो। 

प्रकाशित मिति: : 2021-03-30 10:08:00

प्रतिकृया दिनुहोस्