‘ओहाे, लेडिज हुनुहुँदो रहेछ, सरी !’

श्रमको सम्मान गर्नेलाई मेरो स्कुटरमा स्वागत छ : सम्झना पाण्डे (पठाओ राइडर)

रातोपाटी

काठमाडौं

 

सानै छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविताले निकै मन छुन्छ सम्झना पाण्डेलाई। ‘बाहिरबाट झट्ट हेर्दा जति सहज देखिन्छ नि, उति नै कठिन रहेछ जीवन,’ जीवन र भोगाइ सुनाउने क्रममा उनले भनिन्।

हतार हतार बिहानको चुलो बालेर काममा दौडिन सकेमात्रै बेलुकाको चुलो बल्छ। त्यसैले सम्झना बिहान सकेसम्म छिटै घरबाट निस्किन्छिन्।

चुलो बाल्न सहज बनाइदिएको छ सम्झनाको सेकेण्ड ह्यान्ड स्कुटरले। र, स्कुटरलाई चुलो बाल्ने माध्यम बनाउन सघाएको छ राइडिङ सेयरिङ एप ‘पठाओ’ले। पठाओ राइडर हुन् सम्झना।

स्कुटरको पछाडि मान्छे बोकेर हिँडेको पनि १५ महिना बढी भइसकेछ। विगत सम्झदै सम्झना भन्छिन्, ‘महिलालाई कमजोर पात्रको रुपमा चित्रित गर्ने समाजलाई म जवाफ दिन चाहन्थेँ। त्यसैले केही त गर्नु थियो। पठाओले महिला राइडरलाई पनि अवसर दियो र आज म निर्धक्क अनि खुसीका साथ यो काम गरिरहेकी छु।’

प्रकाशित मिति: : 2021-03-31 11:07:00

प्रतिकृया दिनुहोस्