प्रकृति, हामीलाई झमझम पानी देऊ कि बेजोड हावा!

सेतोपाटी

काठमाडौँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ मंगलबार घरनजिकैको मेडिकलमा गए।

आँखा पिरो भएको निको पार्ने औषधी किनेर फर्किए। केही दिनयता श्रेष्ठजस्तै काठमाडौंवासी धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन्।

काठमाडौंमै जन्मे-हुर्केका ८४ वर्षीय श्रेष्ठले पिरो हावा यति धेरै दिनसम्म काठमाडौंमा बसेको बस्यै भएको थाहा पाएको यो पहिलो पटक हो।

'यो बेला त हावाहुरी चल्ने, असिना-चट्याङ पर्ने हुन्थ्यो। चैतको महिना रूखका पात पनि नहल्लिने यस्तो भएको मलाई याद छैन,’ श्रेष्ठले सेतोपाटीसँग भने,‘पुस-माघतिर काठमाडौंमाथि चिसो हावाको बिर्को लागेर घाम लाग्दैनथ्यो। चैतमा तुँवालो लाग्थ्यो तर यस्तो आँखा पोल्नेचाहिँ हुन्नथ्यो।'

प्रकाशित मिति: : 2021-03-31 21:32:00

प्रतिकृया दिनुहोस्