एक सातामा कोरोना सङ्क्रमितको संख्या ४० प्रतिशत बढ्यो

नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर सुरु भईसकेको छ।

पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ। गत् सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ।

प्रकाशित मिति: : 2021-04-01 06:04:00

प्रतिकृया दिनुहोस्