संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्।
को १ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिए।
शुक्रबार बिहान साढे १० बजे उत्तर दक्षिण कोशी सडक खण्डको दोभान रिसोर्ट नजिकमा बस पल्टिँदा सय मिटर तल खसेको थियो
बस दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।
घाइतेहरुको उद्धार ससस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।