बलिउड अभिनेता अजय देवगनको नयाँ चलचित्र 'आरआरआर' अक्टोबर १३ मा रिलिज हुँदैछ।
बहुप्रतिक्षित चलचित्र मानिएको 'आरआरआर'लाई एस.एस राजामौलीले निर्देशन गरिरहेका छन्।
यसैबीच अजय देवगनको जन्मदिनको अवसर पारेर चलचित्रको मोशन पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा अजय लडाकु अवतारमा देखिएका छन्।
'आरआरआर'मा अजयसँगै जूनियर एनटीआर, राम चरण र आलिया भट्टले मुख्य भुमिका निभाउँदैछन्।