कोरोना संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि ‘लकडाउन’

Photo: UNICEFF
Photo: UNICEFF

बंगलादेशमा कोरोनाको जोखिम बढ्न थालेपछि आउँदो सोमबारदेखि एक साताको लागि ‘लकडाउन’ लगाउने तयारी यहाँको सरकारले गरेको छ।

बंगलादेशमा कोरोनाको नयाँ लहर देखिएको छ। बंगलादेशका यातायात मन्त्री अब्दुल कादिरले शनिबार बिहान ‘लकडाउन’ को घोषणा गरे। कादिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टीका महासचिव पनि हुन्।

उनले ‘लकडाउन’ मा सबै अफिस र अदालत बन्द हुने बताए। यद्यपि फ्याक्ट्री र कम्पनीलाई भने केही राहत दिइएको छ। बंगलादेशको प्रधानमन्त्री कार्यालयले पनि कारोना गाइडलाइनको पूर्णपालनाका लागि १८ बुँदे निर्देशिका जारी गरेको छ।

यसमा मानिसलाई झुण्डमा बस्न रोक लगाइएको छ। सामाजिक, धार्मिक तथा राजनीतिक सभा सम्मेलन गर्न पनि प्रतिबन्ध लगाइएको छ। बसले आधा मात्र यात्रुलाई गाडीमा यात्रा गराउनसक्ने छन्।

बंगलादेशमा बुधबार मात्र ५ हजार ३ सय ५८ नयाँ संक्रमित थपिएका थिए। जुन गत मार्चदेखि हालसम्मको संक्रमित घटनाभन्दा बढी हो। २४ घण्टाभित्र ५० जनाको निधन भइसकेको छ। हालसम्म बंगलादेशमा ९ हजार १ सय ५५ जनाको कोरोनाका कारण निधन भइसकेको छ।

प्रकाशित मिति: : 2021-04-03 18:40:00

प्रतिकृया दिनुहोस्