भारतमा पुनः नक्सलवादी सक्रिय, १० दिनमा दुई ठूलो हमला

Photo - oneindia
Photo - oneindia

भारतमा पुनः नक्सलवादी आन्दोलन सक्रिय भएको छ। केही वर्षदेखि सुसुप्त अवस्थामा रहेको नक्सलवादी गतिविधिका कारण भारत सरकारले पछिल्लो १० दिनभित्र दुईवटा ठूलो घटना खेप्नु परेको छ।

शनिबार मात्र नक्सलीहरूले आफ्नो आधार इलाका मानिएको छत्तिगढको बस्तरस्थित बिजापुरको तर्रेम क्षेत्रको जोनागुडा पहाडमा भारतीय सुरक्षाकर्मीलाई घेरेका थिए।

करिब ७ सयको हाराहारीमा रहेको सुरक्षाकर्मीसँग करिब तीन घण्टा भएको मुठभेडमा ९ नक्सली मारिएका थिए। तर, भारतीय सुरक्षाकर्मीका २१ जवान लापत्ता छन्।

शहिद मानिएका ८ जवानमा २ जनाको शरीर मात्र बरामद भएको छ। ३० जवान घाइते भएका थिए।

यसअघि सुरक्षाकर्मीले जोनागुडाको पहाडमा नक्सलीले आधार शिविर बनाएको सूचना पाएपछि ठूलो सुरक्षा तयारीसहित सुरक्षाकर्मी त्यहाँ पुगेका थिए।

शुक्रबार राती नै सीआरपीएफको कोबरा कमाण्डो, सीआरपीएफको बटालियन र स्पेशल टास्क फोर्सका दुई हजार जवानले अपरेशन सुरु गरेका थिए। तर, पहाडको तीनतिर ७ सय सुरक्षाकर्मीलाई घेरेर शनिबार नक्सलीहरूले गोली हानेको भारतीय अखबारहरूले बताएका छन्।



‘उहाँ’ को होला?

पत्रकार भर्सेस गैरपत्रकार

छत्तिसगढका प्रहरी महानिरीक्षक पी सुन्दरराजले मुठभेडमा मारिएका नक्सलीहरूको लास दुईवटा ट्रकमा राखेर लगेको दावी गरे।

बिजापुर–सुकमा जिल्लाको पहाडी इलाका पहिलेदेखि नै नक्सलीहरूको मुख्य आधारक्षेत्र मानिन्छ। यहाँ नक्सलीको एउटा सिंगो बटालियन र थुप्रै प्लाटुन तैनाथ छ। यो पुरै इलाकाको नेतृत्व महिला नक्सली सुजाताको हाथमा छ।

सुरक्षाकर्मीले आफ्नो जवानमाथि नक्सली आक्रमणको तयारी रहेको सूचना पहिले नै पाएको बताएका छन्। त्यसैले उनीहरूले दुई हजारभन्दा बढी जवानलाई तयारी अवस्थामा राखेका थिए।

छत्तिसगढमा १० दिनअघि पनि नक्सली आक्रमण भएको थियो। २३ मार्चमा भएको हमलामा ५ सुरक्षाकर्मी शहिद भएका थिए। यो हमला नक्सलीले नारायणपुरमा आइईडी ब्लास्टमार्फत गराएका थिए।

यसअघि १७ मार्चमा नक्सलीहरूले सरकारसमक्ष शान्ति वार्ताको प्रस्ताव राखेका थिए। उनीहरूले विज्ञप्ति सार्वजनिक गर्दै भनेका थिए, ‘जनताको हितका लागि छत्तिसगढ सरकारसँग कुराकानी गर्न तयार छौं।’

उनीहरूले कुराकानीका लागि तीन वटा सर्तअघि सारेका थिए। यसमा आफ्नो आधार इलाकाबाट सशस्त्र बल हटाउनुपर्ने, माओवादी संगठनमाथि लागेको प्रतिबन्ध हटाउनुपर्ने र जेलमा बन्द आफ्नो नेतालाई बिनासर्त छोड्नुपर्ने रहेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई लिएर दुःख व्यक्त गरेका छन्। उनले सुरक्षाकर्मीको बलिदानलाई कहिल्यै बिर्सन नसकिने बताएका छन्।



सुवास घिसिङ भेट्न 'फण्ड' जुटाएर अमरेश पुगे दार्जीलिङ

प्रकाशित मिति: : 2021-04-04 12:32:00

प्रतिकृया दिनुहोस्