पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले खनाल-नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन्।
उनीहरुले मूल्य वृद्धि फिर्ताको माग राखेर बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि विभिन्न प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन्।
निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो।