सिक्किम-नेपाल बोर्डरमा ५.४ रेक्टर स्केलको भूकम्प

सिक्किम-नेपाल बोर्डरमा सोमबार राती ८ बजेर ४९ मिनेटमा भूइँचालोको झट्का महसुस गरिएको छ।

भारतीय न्युज एजेन्सीका अनुसार भूइँचालो ५ दशमलव ४ रेक्टर स्केलको मापन गरिएको छ। 

भूइँचालोले पश्चिम बंगाल, बिहार र असमको जमिन हल्लाएको छ भने कुन ठाउँमा कति क्षति भयो, यसको सम्पूर्ण विवरण बाहिर आएको छैन।

रिपोर्टका अनुसार भूइँचालोको केन्द्रबिन्दु सिक्किमको राजधानी ग्यानटोकदेखि २५ किलोमिटर पूर्व तथा उत्तर-पूर्वमा मापन गरिएको छ।

प्रकाशित मिति: : 2021-04-05 21:58:00

प्रतिकृया दिनुहोस्