खुर्सानीको धुँलो छरेर १६ अपराधी जेलबाट फरार

Photo : News Bust
Photo : News Bust

राजस्थानको जोधपुर जिल्लाको फलोदी जेलमा महिला पुलिसकर्मीको आँखामा रातो खुर्सानीको धुलो फ्यालेर १६ अपराधी फरार भएका छन्। 

सोमबार भएको यो घटनापछि सबै क्षेत्रको नाकाबन्दी गरेर प्रहरीले अपरेशन अभियान सुरु गरेको छ। भगौडाहरूमा धेरै जसो बन्दी नशा र तस्करीमा संलग्न थिए। फलोदी जेलका प्रमुख राकेश ख्यालियाले घटनाको पुस्टी गरे। 

उनले घटना राती ८ बजेर १५ मिनेटमा भएको जानकारी दिए। भगौडा बन्दीमा तीन जना बिहारी तथा बाँकी फलोदी, बाप र लोहावट क्षेत्रको रहेको बताइएको छ। बन्दीहरूले पहिले महिला प्रहरीमाथि तरकारी फ्याकेका थिए।

घटनाको बेला ४ गार्ड छुट्टिमा भएको बताइएको छ। जेलमा दुई वटा गेट हुँदाहुँदै उनीहरू भाग्न कसरी सफल भए भनेर यसको छानवीन हुनुपर्ने माग बढेको छ। जेलको क्षमता १७ भए पनि यहाँ ६० बन्दी राखिने गरिन्थ्यो। जेलमा कूल कर्मचारी ९ छन्।

प्रकाशित मिति: : 2021-04-06 08:03:00

प्रतिकृया दिनुहोस्