दिल्लीमा राति १० देखि–बिहान ५ बजेसम्म कर्फ्यु

Photo - indiaTv
Photo - indiaTv

भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो कोरोनाको प्रभावका कारण दिल्ली सरकारले ३० अप्रिलसम्म राति १० देखि बिहान ५ बजेसम्मका लागि रात्रीकालिन कर्फ्यु लगाउने निर्णय गरेको छ।

यी समयमा दिल्लीमा कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। यस्तै आउजाउमा पनि प्रतिबन्ध लगाउने निर्णय भएको छ।

आवश्यक सेवासँग जोडिएका मानिसबाहेक अन्यको हकमा प्रतिबन्ध तत्काल लागु हुनेछ।

दिल्लीमा विगत ४ दिनयता ३५ सय बढी संक्रमित फेला परेका थिए। यहाँ पोजेटिभ रेट ५ दशमलव ५ प्रतिशत भन्दामाथि पुगेको छ।

पुरै भारतमा पछिल्लो २४ घण्टाभित्र ९६ हजार ५ सय ६३ नयाँ संक्रमित भेटिएका थिए।

जसमा ५० हजारभन्दा माथिका बिरामी ठिक भएर घर फर्किएका छन्। २४ घण्टाभित्र ४ सय ४५ जनाको निधन भएको छ।

अहिले भारतमा कोरोनाको एक्टिभ केस ७ लाख ८४ हजार रहेको छ। पछिल्लो ६ दिनमै ३० हजारको संख्यामा संक्रमित बढेको बताइएको छ। मंगलबारसम्म यो संख्या ८ लाख पुग्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2021-04-06 14:42:00

प्रतिकृया दिनुहोस्