केन्द्रझैं लुम्बिनी प्रदेशमा पनि जसपाकै निर्णायक भूमिका

सत्ता समीकरणबारे अझै दोधारमा

केन्द्रमा झैं लुम्बिनी प्रदेशमा पनि सरकार बनाउने र ढाल्ने भूमिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको निर्णायक भूमिका रहने भएको छ। लुम्बिनी प्रदेशमा जसपाले सत्ता साझेदारीका लागि कुन गठबन्धनमा रहने भन्नेबारे निर्णय गरिसकेको छैन।

केन्द्रमा झैं लुम्बिनी प्रदेशसभामा पनि जसपा नेपालको अलमलले गर्दा वर्तमान सरकारलाई नै स्थायित्व दिने वा विकल्प खोज्ने भन्नेबारे ठोस निष्कर्ष आउन सकिरहेको छैन।

जसपा नेपालमा पछिल्लो समय ध्रुवीकरण बढेको छ। पार्टीको एउटा पक्ष नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएको छ भने अर्को पक्षले एमाले बाहेकका दलसँग गठबन्धन गर्नुपर्ने तर्क गर्दै आएको छ।

लुम्बिनी प्रदेशसभामा जसपा नेपालका ६ सदस्य छन्। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागिताका बारेमा ठोस निर्णय गर्न नसकेपछि केन्द्रबाटै आदेश माग्ने सम्बन्धमा छलफल थालिएको सो पार्टीका सांसदहरु बताउँछन्।

प्रकाशित मिति: : 2021-04-06 17:11:00

प्रतिकृया दिनुहोस्