चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ।

यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ।

त्यस्तै फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ठ खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने भएको एशोसिएशनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ। उनका अनुसार प्रतियोगितामा करीब रु पाँच लाख खर्च लाग्ने छ भने मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको  छ।रासस

प्रकाशित मिति: : 2021-04-06 17:57:00

प्रतिकृया दिनुहोस्