कोभिड-१९ विरुद्धको सिनोफार्म खोप भोलिदेखि सुरु

कोभिड-१९ विरुद्धको सिनोफार्म खोप भोलि (बुधबार) देखि सुरु हुने भएको छ। 

चीनबाट अनुदानमा ल्याइएको उक्त खोप प्राथमिकताको आधारमा नागरिकलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नागरिकलाई खोप लिनको लागि मन्त्रालयले विभिन्न २३ वटा केन्द्र तोकेको छ। 

नागरिकहरुले वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेलबाट खोप लगाउन सक्नेछन्।

त्यस्तै काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट पनि खोप दिईनेछ।

ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा पायक पर्नेले त्यहाँबाट पनि खोप लगाउन सक्नेछन्।

किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पतालमा समेत खोप दिइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-06 19:34:00

प्रतिकृया दिनुहोस्